Skip to content

कुमारी बैंकको ग्राहकले बन्दिपुर केबलकार एण्ड टुरिजममा आकर्षक छुट पाउने

काठडमाडौं । कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतासँगै कुमारी बैंकका ग्राहकले बन्दिपुर केबलकारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुटपाउनेछन् ।

सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजमबाट प्रदान गर्दैै आएका केबलकारको टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौतामा बैंकको गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठबीच हस्ताक्षर भएको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi