Skip to content

राष्ट्र बैंकले चलन चल्तिमा ल्यायो ‘चुच्चे नक्शा’ भएको १०० रुपैयाँको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नेपालको चुच्चे नक्शा भएको १०० रुपैयाँ नयाँ नोट चलन चल्तिमा ल्याएको छ ।

राष्ट्र बैंकले १०० दरको साविककै आकार तथा रङमा २० ०००००१ देखि ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।

चलन चल्तिमा रहेका नोटहरुमध्ये १०० रुपैंयामा मात्रै देशको नक्शा राखिने गरिएको छ । पुरानो नक्शा हटाएर नयाँ नक्शा राखेर नोट प्रचलनमा ल्याइको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T