Skip to content

कुमारी बैंकका ग्राहकले आरोग्य वेल केयर क्लिनिकमा छुट पाउने

काठमाडौं । कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट पाउनेछन् । साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्मको छुट दिने सम्झौता पत्रमा उल्लेख छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिंग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima