Skip to content

राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने संस्थाको रिपोर्टिङ विधि परिवर्तन गर्यो, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने इजाजतप्राप्त कम्पनी र बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू हुँदै आएको रिपोर्टिङ प्रक्रिया परिमार्जन गरेको छ । राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ विधि  परिवर्तन गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा, रेमिट्यान्स कारोबारसम्बन्धी विवरण अबदेखि संशोधित ढाँचाअनुसार अनिवार्य रूपमा पेस गर्नुपर्ने उल्लेख छ। बैंक विप्रेषण विनियमावली, २०७६ को नियम ३३ अनुसार पेस गरिँदै आएका विभिन्न रिपोर्टिङ फम्र्याटमध्ये केही विधिमा संशोधन भएकाले सबै संस्थालाई नयाँ ढाँचामा विवरण बुझाउन सूचित  गरेकाे छ ।

नयाँ निर्देशनअनुसार, इनवर्ड रेमिट्यान्स भुक्तानी, सब–एजेन्ट तथा सब–एजेन्सीमार्फत हुने कारोबार, देशभरको रेमिट्यान्स गतिविधि, तथा कम्पनीगत कारोबार विवरण तोकिएकै समयसीमाभित्र विदेशी मुद्रा इजाजतपत्र र रिपोर्टिङ प्रणाली (एफएक्सओएल रिपोर्टिङ सिस्टम) मार्फत पठाउनुपर्नेछ।

यसैगरी, यस्ता कम्पनीले मासिक रूपमा बुझाइने फारामहरू महिना सकिएको सात दिनभित्र पठाउनुपर्नेछ। यसैगरी, राष्ट्र बैंकले सञ्चालनगत वित्तीय विवरण वार्षिक र अर्धवार्षिक रूपमा पठाउनुपर्नेछ। आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक विवरण पठाउनुपर्नेछ भने अर्धवार्षिक विवरण ३० दिनभित्र बुझाउनुपर्नेछ। साथै, आर्थिक वर्ष सकिएको १५ दिनभित्र प्रोभिजनल फाइनान्सीयल डिटेल इमेलमार्फत पेस गर्नु पर्ने व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi