Skip to content

डेपुटी गभर्नर मिश्र : “बैंकका लागि सबैभन्दा सुरक्षित कर्जा क्षेत्र सेयर बजार”

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीका क्रममा सेयर बजार सबैभन्दा सुरक्षित क्षेत्र बन्न सक्ने बताएका छन्।

धितोपत्र बोर्ड नेपालले आयोजना गरेको ‘विश्व लगानीकर्ता सप्ताह २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेयर बजारमा बैंकबाट हुने लगानी जोखिमका हिसाबले सुरक्षित रहने उल्लेख गरे।

उनका अनुसार सेयर मूल्यमा उतार–चढाव आए पनि बैंकहरूले ‘मार्जिन कल’ मार्फत जोखिम व्यवस्थापन सहजै गर्न सक्ने भएकाले अन्य क्षेत्रको तुलनामा यो क्षेत्र सुरक्षित मानिने बताएका हुन्। “कति मूल्यमा कारोबार भइरहेको छ, त्यसैको आधारमा बैंकले कर्जा सुरक्षित राख्न सक्छ,” उनले भने।

डेपुटी गभर्नर मिश्रले सेयर बजार अत्यधिक तातिएको अवस्थालाई सरकारले नीतिगत समायोजन मार्फत नियन्त्रणमा ल्याउने गरेको पनि स्पष्ट पारे।

उनका अनुसार सेयर बजारमा पारदर्शिता, नियमन र जोखिम व्यवस्थापन सुदृढ हुँदै गएमा यो क्षेत्र बैंक तथा वित्तीय संस्थाका लागि दीर्घकालीन रूपमा समेत सुरक्षित कर्जा क्षेत्रका रूपमा स्थापित हुन सक्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi