Skip to content

नेपालकै पहिलो लन्ड्री लाउन्ज–एलजीद्वारा सञ्चालित

काठमाडौं ।  सिजी इलेकट्रोनिक्सले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ। लन्ड्री लाउन्ज भनेको एलजी का प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो।
एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल आइडेन्टिटीलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नवीन अनुभव प्रदान गर्दछ। यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यावसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।
यस लन्ड्री लाउन्जको सञ्चालन सिजी का साझेदार क्लासी क्लिन ले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ। एलजी का कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।
ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ। यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुप का प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी तथा एलजी बंगलादेश का प्रबन्ध निर्देशक श्री जेराल्ड चुन द्वारा संयुक्त रूपमा गरिएको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi