Skip to content

अराजक समूहको आक्रमणबाट बैंकिङ क्षेत्रलाई सुरक्षा दिन वित्तीय संस्था कर्मचारी संघको सरकारसंग माग 

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि भइरहेको निरन्तर आक्रमणप्रति ध्यानाकर्षण गरेको छ। संघका अनुसार, राज्यले अत्यावश्यक सेवा अन्तर्गत वर्गीकरण गरेको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरू हाल त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य छन्।
संघले सरकार तथा सरोकारवाला निकायहरूसंग बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्न माग राखेको छ। संघले कानुन विपरीत अराजक घटनाहरू दोहोरी रहेको कारण कर्मचारीहरू कार्यालय छाडेर दबाबमूलक विरोध कार्यक्रमसहित सडकमा आउन बाध्य हुने अवस्था आएको जानकारी दिएको छ।
मंसिर २५ गते ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठलाई केही अराजक समूहले कालोमोसो लगाएर, जुत्ताको माला लगाएर कुटपिट गरेका छन् । संघले यस्तो समूह र व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाहीको माग गरेको छ।
यस संघमा देशभर २१ हजारभन्दा बढी कर्मचारीलाई संगठित रहेका छन् । यस संघमा ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठान स्तरका ट्रेड युनियनहरूको नेतृत्व गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरूको पेसागत हकहितको संरक्षण, पारदर्शिता, सुशासन कायम र मर्यादित कामको वातावरण सिर्जना गर्न निरन्तर क्रियाशील रहेको छ।
संघले सरकारलाई चेतावनी दिँदै यस्तो अराजक र गैरकानुनी कार्यलाई रोक्न र बैंक तथा वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्न जोडदार आग्रह गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima