Skip to content

राष्ट्र बैंकले गर्यो ऋणी कालोसूचीबाट हट्न सक्ने यस्तो नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीलाई कालोसूचीबाट नाम हट्न सक्ने नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले आफूले प्राप्त गर्नुपर्ने सम्पूर्ण लेना रकम असुल हुने गरी गैर–बैकिङ्ग सम्पत्ति सकार गरेमा कालोसूचीबाट हटन सक्नेछ । यसरी सकार गर्दा उक्त सम्पत्तिउपर ऋणीले हकदाबी छोडेको प्रतिवद्धता समेत लिनुपर्नेछ । यो राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था हो ।

यस्तै भूलवश कालोसूची सूचीमा समावेश भएकाहरुका लागि कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टरसूचीमा समावेश गरिएको रहेछ भने यस सम्बन्धमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूची हटाउनु पर्नेछ ।

यसरी भूलवश कालोसूची समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई कालोसूची समावेश भएको मानिने छैन ।

इजाजतपत्रप्राप्त संस्थाले यसरी भूलवश कालोसूचीमा समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको विवरण त्रैमासिक रुपमा आफ्नो संचालक समितिमा पेश गर्नुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima