Skip to content

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु 

काठमाडौं । मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ एघारौँ संस्करण शुक्रवार, पुस ४ गतेबाट भृकुटीमण्डपमा सुरु भएको छ।
प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाइनर एसोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।
प्रदर्शनीमा स्वदेशी र विदेशी ख्यातिप्राप्त १०० भन्दा बढी स्टलहरू सहभागी छन्। फर्निचर, प्लाइउड, काठ औजार, ल्यामिनेट, हार्डवेयर, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा सम्बन्धित उत्पादनहरूको प्रदर्शनीले काठ व्यवसायसँग सम्बन्धित नयाँ प्रविधि र जानकारी नेपाली बजारमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
आयोजकका अनुसार, यो प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर–एक्स्टेरियर डिजाइन र मेशिनरी व्यवसायबिचको माग–आपूर्ति खाडललाई पूर्ति गर्न योगदान पुर्‍याउनेछ। साथै, इन्टेरियर डिजाइनर एसोसियेशन नेपालका विशेषज्ञद्वारा दुई दिने सेमिनार र गोष्ठी समेत आयोजना हुने छ।
प्रदर्शनीले साना देखि ठुला उद्योगहरूलाई आफ्ना मेसिनरी तथा प्रविधिहरू उन्नत गर्न प्रेरित गर्नेछ। घर बनाउन चाहने सामान्य नागरिक, आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरू समेत प्रदर्शनी अवलोकनका लागि सहभागी हुने अपेक्षा गरिएको छ। इच्छुक महानुभावहरूले पुस ६ गते आइतबारसम्म निःशुल्क रूपमा भृकुटीमण्डपमा प्रदर्शनी अवलोकन गर्न सक्ने छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T