Skip to content

माइडियाले ल्यायो विषेस अफरः आइसीसी टि–२० विश्वकपमा नेपालका खेल प्रत्यक्ष हेर्न पाईने

काठमाडौं । घरेलु उपकरण ब्रान्ड माइडियाले आइसीसी टि–२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने महाअभियान सुरु गरेको छ । विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको हो।

‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहो’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टि–२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको नवीनतम स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको अटूट लगावलाई संयोजन गर्दै, ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ।

मुख्य पुरस्कारस् मुम्बईको ५ दिने विश्वकप यात्रा
अभियान विजेताले आफ्नो सहभागी सहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टि–२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ। यस अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले तलको ढाँचामा एसएमएस पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन्स् ।

यसमा सहभागि हुनको लागि ‘माइडिया स्पेस’ टाइप गरेर वारेन्टी कार्ड नं. टाइप गर्ने स्पेस दिने र उत्पादनको नाम टाइप गरि स्पेस दिएर ग्राहकको नाम लेखेर स्पेस लेखेर ३१००३ एसएमएस पठाउनुपर्ने छ । यस अभियान माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ।

यस अभियानमा माइडियाको विश्वस्तरीय गुणस्तरका विविध उत्पादनहरू समावेश छन् । रेफ्रिजरेटर, वाशिंग मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु सामान खरिद गरेरको हुनुपर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi