Skip to content

 पाटन उच्च अदालतले नाडाको निर्वाचन कार्यक्रम स्थगित गर्न दियाे आदेश

काठमाडौं । पाटन उच्च अदालतले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले नाडाको निर्वाचन कार्यक्रम स्थगित बिहीबार आदेश दिएको छ।

नाडाले पुस ९ गते साधारण सभा गरी १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार १७ गते उम्मेदवारी दर्ताको तालिका थियो। त्यसदिन २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएका थिए।

अध्यक्षमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो। अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएका थिए। नाडाले निर्विरोध भएको नयाँ कार्यसमितिलाई शुक्रबारको निर्वाचनबाट निर्वाचित भएको घोषणा गर्ने तालिका थियो।

निर्वाचन तालिकाविनाको पुस ९ गतेको साधारण सभा रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छा पुस ६ गते अदालत गएका थिए।

उनको रिट निवेदनमा उच्च अदालतले साधारण सभा र निर्वाचन प्रक्रियामा अपनाइएका कागजात मागेको हो। अदालतले फाइल झिकाउनका लागि अवधि तोकेको छैन। यस्तै सुनुवाईको अर्को मिति पनि तोकिएको छैन। जसका कारण नाडामा नयाँ नेतृत्व चयन प्रक्रकिया अनिश्चित बनेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima