Skip to content

कामना सेवा विकास बैंकद्वारा एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई रिसर्च ग्रान्ट

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) प्रदान गर्ने भएको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो।

बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही १ लाख रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ। त्यसैगरी, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्दै गरेका चार जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र तथा सूचना प्रविधिसँग सम्बन्धित शोध कार्यका लागि जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ।

अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ। सम्बन्धित विषयका विज्ञहरू सम्मिलित छनोट समितिले प्रस्तावनाको मूल्यांकन गरी अनुदान प्राप्त गर्ने विद्यार्थीहरूको छनोट गर्नेछ।

विद्यार्थीहरूले गर्ने शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने बैंकले स्पष्ट गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार यस किसिमको अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धानमा थप सहयोग पुग्नेछ।

नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई शोध तथा अनुसन्धान कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत अनुसन्धान अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेपछि कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि बढाएको हो। राष्ट्र बैंकको व्यवस्था अनुसार अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था बनेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi