Skip to content

नेपाल टेलिकमले खुलायो ८० जनाका लागि रोजगारी

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पाेष्ठमा ८०  जनाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धामार्फत कर्मचारी नियुक्ति गर्न लागेको जनाएको छ।

सूचनाअनुसार जुनियर टेक्निसियन (तेस्रो तह)देखि उपप्रबन्धक (नवौँ तह)सम्मका १२ प्रकारका पदमा कुल ८० जना कर्मचारी भर्ना गरिनेछ।

योग्य र इच्छुक उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। नियमित शुल्कसहित आवेदन दिने अन्तिम म्याद फागुन ७ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर भने फागुन १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima