Skip to content

आइसीएफसी फाइनान्सले फागुन ११ देखि ५० करोडको ऋणपत्र बिक्री गर्ने  

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आगामी फागुन ११ गतेदेखि  ‘८ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। कम्पनीले ७ वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा कुल ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता निष्काशन गरिनेछ। यसमध्ये ३ लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तर्फ बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता अर्थात २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन पाइनेछ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटल लिमिटेडले पाएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लगानीकर्तालाई प्रदान गरिने ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक अवधिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi