काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले आज ६ दिनका लागि १ खर्ब अर्ब निक्षेप संकलन गर्ने भएको हो ।
निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्