Skip to content

वर्षको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । यो वर्षको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । निकै उतार चढाबकाबीच बजारमा गिरावट आएको हो । बजार मापन गर्ने सूचक ४.१८ अंकले घटेर परिसूचक २८३३.६० बिन्दु कायम भएको छ ।

३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १०५ कम्पनीको मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ ।

सोमबार होटल, ऊर्जा, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी अरु समूहको उपसूचक घटेको छ ।

कारोबारमा गिरावट आउँदा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi