काठमाडौँ । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको गरेको छ ।
कुमार सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन् । बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव छ । उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याए ।
२०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपे आफ्नो सबैभन्दा महत्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको छ । उनको नेतृत्वमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ ।
उनको पाँच वर्षे कार्यकालमा सञ्चालनको पहिलो वर्षमै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप क्यूआर भुक्तानी प्रणालीको नेतृत्व गरेको छ । उनको नेतृत्वमा फोनपे नेपालको दैनिक वित्तीय जीवनको अभिन्न हिस्सा बन्न सफल भएको छ ।
बैंकिङ प्रणालीमा आबद्ध प्रत्येक नेपालीलाई सेवा दिँदै र देशभरका लाखौं व्यवसायहरूका लागि फोनपे क्यूआर फोनपे डिरेक्ट फोनपे बिल्स फोन टिएजी र फोनपे क्रेडिट कार्ड जस्ता सेवामार्फत विकासका अवसर सिर्जना गर्दै छ ।
डिजिटल कारोबारमा तीव्र वृद्धि हासिल गर्दै दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र दैनिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार मूल्य पार गर्न सफल भएको छ ।
भारत तथा चीनका भुक्तानी सञ्जालहरूसँग एकीकरण गर्दै नेपालको क्रस-बोर्डर डिजिटल भुक्तानी क्रान्तिको नेतृत्व गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्यमा फोनपे भर्चुअल क्रेडिट कार्ड सुरु गर्दै १.५ वर्षभित्र ३० हजार भन्दा बढी कार्ड जारी गरेको छ ।












प्रतिक्रिया दिनुहोस्