Skip to content

अत्याधुनिक फिचर भएको अनर६०० लाइट सार्वजनिक

nabil bank

काठमाडौं। अनर नेपालले नयाँ अनर६०० लाइट स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेके छ।

उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट प्रयोग अनुभवलाई संयोजन गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएके छ।

यो फानले आकर्षक मूल्यमा अत्याधुनिक फिचर प्रदान गर्ने दाबी कम्पनीकोे छ। मजबुती र आकर्षक डिजाइनलाई ध्यानमा राखेर तयार गरिएको फोनमा प्रिमियम मेटल–सिल्ड बडी प्रयोग गरिएको छ, जसले फोनलाई अझ बलियो र स्टाइलिस बनाउँछ। यसमा ६.६ इन्चको एमओलिड डिस्प्ले दिइएके छ।

स्मार्टफोनमा मेडियाटेक डाइमेनिस्टी७१०० इलाइट प्रोसेसर प्रयोग गरिएको छ, जसलाई १२ जीबी र्याम र २५६ जीबी स्टोरेजसँग संयोजन गरिएको छ। यसले तीव्र प्रदर्शन, सहज मल्टिटास्किङ तथा पर्याप्त स्टोरेज क्षमता सुनिश्चित गर्ने कम्पनीके भनाइ छ।

फोटोग्राफी रुचाउने प्रयोगकर्ताका लागि यो फोनमा १०८ एमपी हाइरेजुलेसन क्यामेरा प्रदान गरिएको छ, जसले हरेक तस्बिरलाई स्पष्ट र डिटेलयुक्त बनाउँछ। यसमा नयाँ एआई क्यामेरा बटन समावेश गरिएको छ ।

कम्पनीले लन्च अवसरमा विशेष प्रि–बुकिङ अफर पनि घोषणा गरेको छ। यो फोन प्रि–बुक गर्ने ग्राहकले १५ हजार ९९९ मूल्य बराबरको अनर च्वाइस वाच२ प्रो निःशुल्क प्राप्त गर्नेछन्। कम्पनीले अनर ६०० लाइटको मूल्य ५९ हजार ९९९ रुपैयाँ तेकेके छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi