काठमाडौं। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको नेपालकै पहिलो एआई सञ्चालित स्मार्ट एयर फ्रायरले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर एक अनिवार्य आवश्यकता साबित भएको छ।
किन रोज्ने त सीजी मेरिडिया एआई एयर फ्रायर
बजारमा अन्य विकल्पहरू हुँदाहुँदै पनि उपभोक्ताहरूले यसैलाई रोज्नुका मुख्य कारणहरू निम्न छन्
-नेपालकै पहिलो एआई प्रविधिस् यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैं चिनिदिन्छ। तपाईँले सेटिङ मिलाइरहनु पर्दैन, यसले आफैं पर्फेक्ट तापक्रम र समय निर्धारण गर्छ , जसले तपाईँको बहुमूल्य समयको बचत गराउँछ।
-स्मार्ट नियन्त्रणस् घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि सिजि स्मार्ट होम एप मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।
-८ लिटरको विशाल क्षमतास् मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा।
-स्मार्ट ुस्प्रेु प्रविधिस् ुवाटर स्प्रेु फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो बनाउँछ।
-९० प्रतिशत सम्म कम तेलस् स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव।
झरी र ओसिलो मौसमको उत्तम सहयात्री
बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ। २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक–जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुन्छन्।
मुख्य प्राविधिक विशेषताहरू
-पारदर्शी झ्यालस् पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने।
-१८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजमः यसले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ।
-र्यापिड एयर फ्लोस् सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउने प्रविधि।












प्रतिक्रिया दिनुहोस्