काठमाडौं । नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षले राजीनामा दिएका छन् ।
नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले राजीनामा दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालले बुधबार राजीनामा बुझाएको बताए ।
सरकारले वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेर १५९४ जनालाई पदमुक्त गरेको छ । तर त्यो सूचीमा यी तीन वटा बैंकको नाम समावेश थिएन ।












प्रतिक्रिया दिनुहोस्