काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।
सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।
अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यत्तिले आवेदन दिन सक्नेछन् ।
अध्यक्ष पदका लागि राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) वा सो सरहको पदमा कार्य गरेको, अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।
विज्ञ सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव गरेको हुनुपर्ने छ ।
इच्छुक योग्य उम्मेदवारले १५ दिनभित्र अर्थात जेठ ९ गतेसम्म ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा आवेदन बुझाउन सकिने छ । यसका लागि ६० वर्ष उमेर पुरा नगरेको हुनुपर्ने छ ।













प्रतिक्रिया दिनुहोस्