Skip to content

कफी पारखीहरूका लागि सीजीले ल्यायो प्रिमियम ‘ड्रिप कफी मेकर’

nabil bank

काठमाडौं । काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत अत्याधुनिक ‘ड्रिप कफी मेकर’ सार्वजनिक गरेको छ।

घर वा अफिसमै ‘क्याफे’ जस्तै फ्रेस ‘ब्रुअड कफी’ को आनन्द दिन कम्पनीले यो मोडेल सार्वजनिक गरेको जनाएको छ। यसअघि बजारमा ल्याएको ‘एस्प्रेसो मेकर’ ले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको कम्पनीको भनाइ छ ।

नेपालमा बढ्दो कफी संस्कृति र हाल देशभर भइरहेको वर्षा तथा ओसिलो मौसमको समयमा तात्तातो पेय पदार्थको आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोलाई अझ विस्तृत बनाएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय नेपालमा कफी पिउने संस्कार एउटा जीवनशैली नै बनिसकेको छ। उपभोक्ताहरू अब सामान्य ‘इन्स्ट्यान्ट कफी’ मा मात्र सीमित नभई, कफीको वास्तविक सुगन्ध र स्वाद रुचाउन थालेका छन्।

एस्प्रेसो मेकरले कडा कफीको चाहना पूरा गर्छ भने ‘ड्रिप कफी’ विश्वभर नै घर र कर्पोरेट अफिसहरूमा सबैभन्दा धेरै रुचाइने सरल ‘ब्रुइङ’ विधि भएको कम्पनीको भनाइ छ ।

तातो पानी बिस्तारै कफीको धुलोमाथि तप्किएर बन्ने यो विधिले कफीको प्राकृतिक सुगन्ध र स्वादलाई उत्कृष्ट रूपमा बाहिर ल्याउने कम्पनीले जनाएको छ ।

एकैपटक धेरै मात्रामा कफी बनाएर पिउन रुचाउने परिवार र कर्पोरेट अफिसका लागि यो स्मार्ट उपकरण सबैभन्दा उपयुक्त विकल्प भएको बताइएको छ ।

१।२५ लिटरको ग्लास क्याराफे छ, ठूलो क्षमता भएको आकर्षक सिसाको जगले एकैपटक धेरै कप कफी तयार पार्न सक्छ। ‘इजी(ग्रिप’ ह्यान्डलसहितको यो डिजाइन साथीभाइसँगको जमघट वा अफिसको मिटिङका लागि एकदमै उपयुक्त हुने कम्पनीको भनाइ छ । ७५० वाटको पावरले गर्दा यसले निकै कम समयमा तात्तातो र स्वादिलो कफी तयार पार्छ, जसले व्यस्त जीवनशैलीमा ठूलो राहत दिन्छ।

‍कम्पनीका अनुसार, कफी चिसो हुने समस्यालाई अन्त्य गर्न यसमा विशेष प्लेट राखिएको छ, जसले कफी तयार भएको ४० मिनेट पछिसम्म पनि यसको तापक्रम र फ्रेसनेसलाई यथावत् राख्छ ।

कफी चुहिनबाट रोक्ने यो नवीन प्रविधि एन्टी(ड्रिप स्टप मेकानिजम प्रयोग गरिएको छ । जसले भान्सा वा अफिसको काउन्टरलाई सधैँ सफा र ‘हाइजेनिक’ राख्न मद्दत गर्छ ।

ऊर्जा खपत कम गर्न ‘अटो(सट अफ’ र मेशिनलाई सुरक्षित राख्न ‘बोइल ड्राई प्रोटेक्सन’ जस्ता स्मार्ट सुविधाहरू यसमा समावेश छन् । ब्ल्याक र सिल्भर कलरको प्रिमियम फिनिसिङमा उपलब्ध यो ड्रिप कफी मेकरले आधुनिक भान्सा वा कर्पोरेट अफिसको सजावटमा थप आकर्षण प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो नयाँ कफी मेकर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू ९सीजी डिजिटल र एलजी ब्रान्ड शप लगायतबाट सहजै खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi