काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक स्थलहरूमा राम्रो एयरफ्लो दिने भरपर्दो सिलिङ फ्यानको आवश्यकता झन् बढ्ने गर्छ।
यही आवश्यकता वर्षौंदेखि पूरा गर्दै आएको क्रम्प्टन अहिले पनि नेपाली उपभोक्तामाझ विश्वासिलो नामका रूपमा स्थापित छ। दमदार पर्फमेन्स, आकर्षक डिजाइन र टिकाउ गुणस्तरका कारण क्रम्प्टन सिलिङ फ्यान नेपाली घरको नियमित रोजाइ बन्दै आएको देखिन्छ।
समयसँगै नेपाली घरको शैली र आवश्यकता दुवै परिवर्तन भइरहेका छन्। यही परिवर्तनलाई ध्यानमा राख्दै क्रम्प्टनले साधारणदेखि प्रिमियम डेकोरेटिभ रेन्जसम्मका विभिन्न सिलिङ फ्यान बजारमा उपलब्ध गराएको छ। निदुस, स्टारड्रिफ्ट, कुल ब्रिज तथा ब्रिज एयरजस्ता मोडल बलियो एयरफ्लो र कम बिजुली खपतका लागि लोकप्रिय छन् भने औरा, जियान्ना, स्योरब्रिज मन्टानिया तथा सुपर एयर डेको जस्ता डेकोरेटिभ फ्यानहरूले आधुनिक घरको सजावटलाई अझ आकर्षक बनाउने काम गरिरहेका छन्। फराकिला ब्लेड, मजबुत बनावट, एन्टिरस्ट बडी तथा स्मुद सञ्चालन प्रणालीले क्रम्प्टन फ्यानलाई बजारमा फरक पहिचान दिएको देखिन्छ।
क्रम्प्टन सिलिङ फ्यान हरूमा प्रयोग गरिएको ड्युरेबल मोटर, डबल बल बियरिङ सिस्टम, सेफ्टी केबल तथा हाइस्पिड पर्फमेन्सले लामो समयसम्म प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। घरको बैठक कोठा, सुत्ने कोठा, कार्यालय वा व्यापारिक स्थल जहाँ प्रयोग गरे पनि निरन्तर स्ट्रङ एयरफ्लो दिने भएकाले धेरै उपभोक्ताको पहिलो रोजाइ क्रम्प्टन बन्न सफल भएको बताइन्छ। साथै केही मोडलमा कम आवाजमा सञ्चालन हुने प्रविधि प्रयोग गरिएकाले आरामदायी अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ।
क्रम्प्टनका फ्यानहरू केवल पर्फमेन्सका लागि मात्र होइन, आफ्नो आकर्षक र आधुनिक डिजाइनका कारण पनि विश्व बजारमा चर्चित छन्। कम्पनीका अनुसार क्रम्प्टनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न डिजाइन रिकग्निसन प्राप्त गरिसकेको छ। एस्थेटिक फिनिसिङ, आर्टिस्टिक स्टाइलिङ तथा मोडर्न डेकरसँग सहज रूपमा मेल खाने डिजाइनका कारण क्रम्प्टन फ्यानहरू अहिले धेरै उपभोक्ताको लाइफस्टाइल च्वाइस समेत बन्दै गइरहेका छन्। साथै हालै सार्वजनिक गरिएको युरोमनिटर इन्टरनेशनलको अध्ययनअनुसार इलेक्ट्रिक कुलिङ फ्यान क्याटेगरीमा रिटेल भल्युम सेल्सका आधारमा क्रम्प्टनलाई विश्वकै नम्बर १ सिलिङ फ्यान ब्रान्डको रूपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ।
नेपालमा सीजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा विशेष योजना समेत सञ्चालन गरिरहेको जनाएको छ। योजनाअन्तर्गत क्रम्प्टन फ्यान खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा मिक्सर जित्ने अवसर प्राप्त गर्नेछन् भने बम्पर उपहारमा माइडियाको डबल डोर रेफ्रिजेरेटर जित्न सक्नेछन्। नेपाली बजारमा क्रम्प्टनका वाल फ्यान, स्ट्यान्ड फ्यान, एक्जस्ट फ्यान, कुलर, गिजर, मिक्सर तथा आइरनलगायतका सामग्री पनि लोकप्रिय रहँदै आएका छन्।












प्रतिक्रिया दिनुहोस्