काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदमा ६५ जनाले आवेदन दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार प्राधिकरणको अयक्षका लागि ३२ जनाको आवेदन परेको छ ।
यस्तै कानून सदस्य पदमा ४ जना, लेखा तथा लेखापरीक्षण पदमा ९ जना, बजार व्यवस्थान पदमा ५ जना, प्रशासन र प्राविधिक सदस्य पदमा १५ जनाले दरखास्त दिएका छन् ।
मन्त्रालयका अनुसार उम्मेदवारहरुको लागि तोकिएको आवश्यक न्यूनतम योग्यता लगायत अन्य विषयका सम्बन्धमा सूचना जारी गर्दा तोकिए बमोजिम हुने छ ।












प्रतिक्रिया दिनुहोस्