Skip to content

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

nabil bank

काठमाडौं  । नेपालको नम्बर १ डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत मुख्य ‘२.२ एनिभर्सरी डे’ मा प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ । 

प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस विशेष अफरले देशभर उल्लेखनीय आकर्षण प्राप्त गर्दै फोनपोइन्ट्स इतिहासकै चर्चित पहलहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गरिरहेको कम्पनीले जनाएको छ ।

‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफर प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे तथा पोस्ट २.२ डिल्स गरी तीन चरणमा सञ्चालन भइरहेको छ । 

विशेषगरी मुख्य २.२ एनिभर्सरी डे मा प्रयोगकर्ताबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ, जहाँ हजारौं प्रयोगकर्ताले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए ।

फोनपोइन्ट्सका अनुसार, प्रयोगकर्ताको अत्यधिक उत्साह र सहभागिताका कारण केही समयमा प्लेटफर्ममा उच्च ट्राफिक समेत अनुभव गरिएको थियो, जसले ‘२.२’ प्रतिको अभूतपूर्व आकर्षण, विश्वास तथा लोकप्रियतालाई झल्काएको छ । 

खाना, लाइफस्टाइल, इलेक्ट्रोनिक्स, ट्राभलदेखि इन्टरटेनमेन्टसम्मका विभिन्न क्षेत्रका आकर्षक डिलहरूले प्रयोगकर्तालाई आफ्ना संचित पोइन्ट्सलाई वास्तविक अनुभव तथा उपयोगी सेवामा रूपान्तरण गर्ने अवसर प्रदान गरिरहेका छन् ।

अफरअन्तर्गत अल्टिमा, केएफसी, कोथेज्, आईएनआई सिनेमाज्, श्री एयरलायन्स, फिलीली क्याफे, इरानी चिया, लगायतका ब्रान्डहरूसँगको सहकार्यमा विशेष डिलहरू उपलब्ध गराइएको कम्पनीको भनाइ छ । 

साथै हुन्डाई वाशिङ मेशिन, टिटान घडी, अनर स्मार्टफोन, अल्टिमा स्मार्ट डिभाइस लगायतका लगायतका आकर्षक रिवार्डहरूले प्रयोगकर्तामा विशेष उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi