काठमाडौं । सीजी मोटर्सले राजधानीको थापाथलीमा आयोनको फ्ल्यागसिप शोरूम सञ्चालनमा आएको छ।
आज आयोजित कार्यक्रममा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी आयोनका प्रतिनिधि रेमन वाङले उद्घाटन गरे ।
‘जेनजी आन्दोलनका क्रममा उक्त शोरुममा तोडफोड तथा आगजनी भएको थियो । यो शोरुम जल्दा मेरो मन एकदमै दुखेको थियो। हामीसँग बन्द गर्ने कि अर्को कुनै सानो शोरुम खोलेर अघि बढ्ने वा यही शोरुमलाई कसरी ठूलो नयाँ, अझ हाइटेक बनाउने भन्ने विकल्प थियो,’ चौधरीले थपे, ‘आज त्यही शोरुमको उद्दघाटन भएको छ। आज म धेरै खुसी छ। ठूलो, उत्कृष्ट, बलियो शोरुम सञ्चालन गर्न सक्षम भएका छौँ।’
उनले ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सशक्त चार्जिङ सपोर्ट प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए ।
आयोन भी प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक एसयूभी भएको र लामो दूरीको ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीको भनाइ छ। यसमा ७५.३ केडब्लूएच ब्याट्री जडान गरिएको छ, जसले लक्जरी भेरियन्टमा ६५० किलोमिटर (एनईडीसी) सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ।
साथै, यसमा १०० केडब्ल्यू मोटर, २४० एनएम अधिकतम टर्क तथा १८५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ, जसले शहरी तथा लामो दूरीको यात्राका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ।
त्यसैगरी, आयोन वाई र आयोन भी दुवैले जीएसी मोटरको उन्नत ईभी प्रविधि, लामो ड्राइभिङ रेन्ज, आरामदायी डिजाइन तथा सुरक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछन् । ‘आयोन वाईलाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस तथा सहज ईभी का रूपमा प्रस्तुत गरिएको छ भने आयोन भी लाई प्रिमियम, शक्तिशाली तथा लामो दूरीका लागि उपयुक्त इलेक्ट्रिक क्ग्ख् को रूपमा बजारमा ल्याइएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल सीजी ले नेपालभर २६० भन्दा बढी स्थानहरूमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने आगामी दिनहरूमा थप स्थानहरूमा चार्जिङ नेटवर्क विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।












प्रतिक्रिया दिनुहोस्