Skip to content

विद्युतीय सवारीमा अन्तःशुल्क खारेज गरेको सरकारले लगायो २० प्रतिशत भन्सार महशुल

nabil bank

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क खारेज गरेपनि भन्सार महशुल भने लगाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क हटाएका छन् ।

तर सबै प्रकारका विद्युतीय गाडिमा २० प्रतिशत भन्सार महसुल लगाएका छन् ।

पैठारी हुँदा का बखत भन्सारमा कायम गरिएको कारोबार मूल्य २० लाखसम्म भएका उपशीर्षक ८७०३.८०.९१ र ८७०३.८०.९९ मा पर्ने मोटर गाडीहरुमा २‍.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।

पैठारी हुँदा भन्सारमा कायम गरिएको कारोबार मूल्य ३० लाख भन्दा बढी ४० लाख सम्म भएका उपशीर्षक ८७०३.८०.९१ र ८७०३.८०.९९ मा पर्ने मोटर गाडीहरुमा थप १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।

पैठारी हुँदा भन्सारमा कायम गरिएको कारोबार मूल्य ४० लाख भन्दा बढी ५० लाख सम्म भएका उपशीर्षक ८७०३.८०.९१ र ८७०३.८०.९९ मा पर्ने मोटर गाडीहरुमा थप ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।

पैठारी हुँदा भन्सारमा कायम गरिएको कारोबार मूल्य ५० लाख भन्दा बढी भएका उपशीर्षक ८७०३.८०.९१ र ८७०३.८०.९९ मा पर्ने मोटर गाडीहरुमा थप ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।

भन्सार महसुल लिने प्रयोजनको लागि निर्धारण गरिएको कारोबार मूल्यमा भन्सार महसुल समेत थप गरी कायम हुन आएको मूल्यमा अनुसूची बमोजिम स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi