Skip to content

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड’बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौको होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको अठारौँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima