काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।
नागिलालाई राष्ट्र बैंकले बिहीबार कार्यकारी निर्देशकमा बढुवा गरेको हो । यो सँगै राष्ट्र बैंकमा रिक्त रहेको कार्यकारी निर्देशकले पूर्णता पाएको छ । बढुवा भएसँगै उनलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ ।
नागिला यसअघि नियमन विभागमा थिए ।
नागिलालाई मानव संसाधनमा लगिएसँगै उक्त विभागमा रहेका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्