Skip to content

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असार ३ देखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले १४ करोड २७ लाख ६० हजार रुपैयाँको १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओमा २८ लाख ६२ हजार ९०९ जना आवेदकले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएकोमा २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएको छ ।

आईपीओमा योग्य आवेदन मध्ये १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओको नतिजा, बिक्री प्रबन्धक, सम्बन्धी कम्पनी, मेरो सेयर र सिडिएससीले आईपीओमा नतिजा थाहा पाउन बनाएको वेवसाइट बाट जानकारी पाउन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T