Skip to content

गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशत बढ्यो,  प्रतिसेयर आम्दानी कति? 

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशत बढी हो।
यसैगरी, यस अवधिसम्म बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ८० करोड ८६ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो ।
बैंकको ऋण असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण नाफा लगायतका सूचकमा सुधार भएको हो । असारमसान्तसम्म बैंकले  ४ करोड ९० लाख रुपैयाँबराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ । यस्तो चार्जमा छ्ट्याउन पर्ने रकम एक वर्षमा घटेको छ। अघिल्लो आर्थिक वर्ष ६४ करोड ७० लाख रुपैयाँ थियो।
असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। यसैगरी, बैंकको नियमनकारी समायोजनहरूपश्चात् गत आर्थिक वर्षमा खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस सेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ।
साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ। बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
गत आवमा बैंकको खराब कर्जा (एनपीएल) ४.७६ प्रतिशत रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T