काठमाडौं । नबिल बैंकले विभिन्न शाखा समायोजन गरेको छ ।
बैंकले काठमाडौंको कुलेश्वर, कालीमाटी र बल्खुमा रहेको शाखा समायोजन गर्न लागिएको जनाइएको छ । यी तीन शाखा समायोजन भएपश्चचात कुलेश्वर शाखा सन्चालनमा आउने जनाइएको छ ।
”नबिल बैंक लिमिटेडको तपसिलमा उल्लेखित महानगरपालिका भित्र अवस्थित शाखा कार्यालयहरु एकआपसमा समायोजन गरि कारोवार संचालन गर्न लागिएको र समायोजन हुने शाखाका ग्राहक महानुभावहरुले समायोजन भई संचालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु लिन सकिने सम्बन्धमा सम्पूर्ण ग्राहक महानुभावहरुको अग्रीम जानकारीको लागि शाखा संचालनमा आउनुभन्दा ९० दिन अगावै यो सुचना प्रकाशित गरिएको छ” सूचनामा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्