Skip to content

करदाता प्रोत्साहन उपहार कार्यक्रम अब खल्तीबाट पनि

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा खल्तीका प्रयोगकर्ताले पनि सहभागी हुन पाउने भएका छन्।

आईएमई खल्ती लिमिटेडका अनुसार खल्तीमार्फत रु.१०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता कार्यक्रमअन्तर्गत हुने दैनिक तथा पाक्षिक उपहार छनोटमा स्वतः सहभागी हुनेछन्।

कार्यक्रममा प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु। १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु। १० लाख प्राप्त गर्नेछन्। खल्तीमार्फत भएका योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वतः पठाइने कम्पनीले जनाएको छ।

कार्यक्रममा सहभागी हुने प्रयोगकर्ताका लागि उपहार कुपनसमेत स्वचालित रूपमा सिर्जना हुने र उक्त कुपन खल्ती एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। छनोट भएका विजेतालाई मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराइनेछ। खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि विभिन्न माध्यमबाट जानकारी दिने जनाएको छ।

सरकारको उक्त पहलमा सहकार्य गर्दै खल्तीले बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्नुका साथै डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार यसबाट कारोबारको अभिलेखीकरण सहज हुनुका साथै औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीको सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारी पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा उत्साहित रहेको बताए।

उनले सरकारी प्राथमिकतासँग सहकार्य, वित्तीय पारदर्शिताको प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यसूचीमा जिम्मेवार योगदान दिनु कम्पनीको प्रतिबद्धता रहेको उल्लेख गरे। सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयासलाई निरन्तरता दिने उनको भनाइ छ।

आईएमई खल्ती लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक हो। आईएमई पे र खल्तीको एकीकरणपछि ‘प्जबतिष् दथ क्ष्ःभ्’ ब्रान्डअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्स तथा विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार खल्तीमा १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T