काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीको नयाँ ‘क्यु-क्यु’ब्रान्ड नेपाली बजारमा सार्वजनिक भएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा क्यु–क्यु ब्रान्डअन्तर्गतको क्यु३ इलेक्ट्रिक अर्बन क्रसओभर आज सार्वजनिक भएको हो ।
क्यु३ को कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ ।
भेरियन्टको एमआरपी क्रमशः ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको क्यु३लाई नयाँ विद्युतीय विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
क्यु३ मा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस छ ।
क्यु३ मा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर समावेश गरिएको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्