Skip to content

चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान प्रस्तुत गरेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ ।

चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ ।

त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले उल्लेख गेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T