Skip to content

महिला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, स्वाप रेसियो डीडीएपछि तय हुने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबीच मर्जर तथा एक्विजिसनको क्रम चलिरहेका बेला दुई सूचीकृत लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभिने प्रारम्भिक समझदारी भएको हो ।

दुवै संस्थाले साउन २५ गते शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुई संस्थाले एकीकृत कारोबार गर्ने प्रक्रियालाई अघि बढाउने भएका छन् ।

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त दुवै कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । मर्जरपछि बन्ने संस्थाको चुक्ता पुँजी तथा व्यवसायको आकार बढ्नुका साथै वित्तीय आधार थप बलियो हुने अपेक्षा गरिएको छ ।

हाल काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

मर्जरपछि बन्ने संस्थाको पुँजीगत आधार बलियो हुनुका साथै कार्यक्षेत्र विस्तार हुने विश्वास गरिएको छ । दुई संस्थाको व्यवसाय, शाखा सञ्जाल तथा ग्राहक आधारलाई एकीकृत गर्दा लघुवित्त क्षेत्रमा थप प्रभावकारी ढंगले सेवा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

यद्यपि, मर्जरपछि कायम हुने स्वाप रेसियो (सेयर मिलान अनुपात) भने अहिले नै तय भएको छैन । दुवै संस्थाको विस्तृत लेखापरीक्षण (ड्यु डिलिजेन्स अडिट) तथा सम्पत्तिको मूल्यांकनपछि मात्रै स्वाप रेसियो निर्धारण गरिनेछ ।

मर्जर प्रक्रियाका क्रममा आवश्यक नियामकीय स्वीकृति तथा अन्य प्रक्रिया पूरा गरेपछि मात्रै दुवै संस्थाको एकीकृत कारोबार अघि बढ्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T