Skip to content

गाडीको ‘कुम्भ मेला’: नाइमा मोबिलिटी एक्सपो सुरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको एक्सपोको यो दोस्रो संस्करण हो।

एक्सपो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्सपोमा विभिन्न ब्रान्डका सवारीसाधन तथा मोबिलिटीसम्बन्धी नयाँ प्रविधि र सेवाहरू प्रदर्शनमा राखिएको छ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्सपोमा सवारीसाधनको प्रदर्शनीसँगै मोबिलिटी क्षेत्रका विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया हुने बताइन्। उनले एक्सपोबाट उपभोक्ता, व्यवसायी तथा अटोमोबाइल क्षेत्रमा चासो राख्ने सबैले लाभ लिन सक्ने भन्दै सहभागी हुन आग्रह गरिन्।

अध्यक्ष वैद्यका अनुसार एक्सपोमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक तथा प्रदर्शन गरिँदै छन्। एक्सपोमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा र मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू पनि राखिएका छन्।

एक्सपोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र आधुनिक यातायात समाधानबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

एक्सपोमा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्स पार्टनर तथा बोस नेपाल प्रविधि पार्टनरका रूपमा आबद्ध छन्। त्यस्तै, पठाओ प्रालि राइड पार्टनर र ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनरका रूपमा सहभागी छन्।

त्यसैगरी एजाइल इन्जिनियरिङ सोलुसन्स प्रालि र अग्नि इनर्जी प्रालि चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रालि हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर तथा द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनरका रूपमा रहेका छन्।

नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रालि सर्भिलेन्स पार्टनर, हिट्को प्रालि अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर तथा युनियन पे क्यूआर पार्टनरका रूपमा आबद्ध छन्।

त्यस्तै, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर र मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा सहभागी छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T