Skip to content

नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाई मोटर्सको नयाँ भेन्यूको बिक्री सुरू

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाई मोटर्सको चर्चित सव–फोर मिटर एसयूभी भेन्यूको नयाँ जेनेरेशन सार्वजनिक भएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यूको सो नयाँ जेनेरेशनलाई आगमी नाइमा मोबिलिटी एक्सपोमार्फत बिक्री गर्न थालेको हो ।

पहिलेको तुलनामा व्यापक परिमार्जनसहित आउन लागेको यो कम्प्याक्ट एसयूभीमा पहिलो पटक लेभल–२ एडास प्रविधि समावेश गरिएको छ । नयाँ भेन्यूको बाहिरी र भित्री बनावटमा पनि धेरै परिवर्तन गरिएको छ, जसमा अगाडि र पछाडिको भागमा नयाँ एलइडी लाइटिङ, नयाँ डिजाइनको १६ इन्च ह्विल, थ्री–स्पोक स्टेरिङ ह्विल र परिमार्जित सेन्टर कन्सोल रहेका छन् ।

क्याबिनभित्र १२।३ इन्चका दुई ठूला स्क्रिन, टप भेरियन्टमा ८–स्पीकरयुक्त बोस साउन्ड सिस्टम, भेन्टिलेटेड सिट र एम्बियन्ट लाइट लगायत सुबिधाहरु दिइएको छ ।

सवारी चालकको सहजताका लागि नयाँ भेन्यूमा ३६० डिग्री क्यामेरा, अटो होल्डसहितको इलेक्ट्रीक पार्किङ ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ तथा ट्रयाक्सन मोड र विन्डो सनसेड जस्ता आधुनिक फिचरहरू थपिएका छन् ।

गाडीको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । ग्राहकले साविककै ५ स्पीड म्यानुअल गियर बक्सयुक्त १।२ लिटर कप्पा पेट्रोल, ७ स्पीड ड्युअल–क्लच गियर बक्सयुक्त १.२ लिटर टर्बो पेट्रोल, र ६ स्पीड म्यानुअल तथा अटोमेटिक विकल्पसहितको १.५ लिटर डिजेल इन्जिनमा नयाँ भेन्यू रोज्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima