Skip to content

टोयोटा हाइलक्स सार्वजनिक, १ करोड ५५ लाख पर्ने

काठमाडौं । टोयोटा हाइलक्सको गाडी नेपालमा सार्वजनिक भएको छ ।

भृकुटीमण्डपमा आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर नयाँ हाइलक्स सार्वजनिक गरेको हो ।

नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ जेनेरेसन हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ निर्धारण गरेको छ।

यसको बाहिरी डिजाइन टोयोटा ल्याण्ड क्रुजरबाट प्रेरित ‘टफ एन्ड एजाइल’डिजाइन अवधारणामा आधारित छ ।

नयाँ हाइलक्समा २.८ लिटर डिजेल इन्जिन उपलब्ध छ । नयाँ हाइलक्सले एक टनसम्मको लोड बोक्न सक्ने तथा ३.५ टनसम्मको टोइङ क्षमता राख्ने बताइएको छ।

नेपालमा पिकअप सेग्मेन्टमा व्यवसायिक तथा व्यक्तिगत दुवै प्रयोजनका लागि हाइलक्सको माग रहँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T