काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनलाई आज ललितपुरको बागडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाइएको छ ।
उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । साथै उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् । साथै विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष हुन् ।





प्रतिक्रिया दिनुहोस्