Skip to content

सूचीकृत संस्थाका ठूला सेयरधनीले अब सेयर बिक्री गर्नुअघि अनिवार्य रुपमा जानकारी दिनुपर्ने

काठमाडौं । सूचीकृत संगठित संस्थाका ठुला सेयरधनीहरुले अब सेयर बिक्री गर्नु भन्दा १५ दिन अघि अनिवार्य रुपमा जानकारी दिनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज सुचिकृत कम्पनीहरूलाई यस्तो निर्देशन जारी गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीहरूको उक्त कम्पनीका कुनै आधारभूत शेयरधनीहरूले आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको सेयरको बिक्री गर्नु भन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्ने छ । यस्तो सूचनाको वैधता ३ महिना अवधि कायम रहने जनाइएको छ । सूचना नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने छ ।

यस्तै सूचीकृत संगठित संस्थाहरूलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद बिक्री गर्न गराउन वा हस्तान्त्रण गर्न वा लेनदेन गर्न वा लेनदेन गर्न नसकिने धितोपत्र सम्बन्धमा नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रिय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्न जानकारी दिने जनाइएको छ ।

धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा
धितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यको लागि धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८४ को उपदफा १ अनुसार निर्देशन दिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T