काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि दोलखा कारागारमा रहेका कैदीबन्दीहरूले आर्थिक सहयोग गरेका छन्।
दोलखा कारागारमा रहेका १४७ जना कैदीबन्दीले बाढीपीडितको सहयोगका लागि कुल २५ हजार ५१० रुपैयाँ संकलन गरी सहयोग गरेका हुन्।
बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले आफूहरूले सक्दो सहयोग गरेको स्रोतले जनाएको छ।
कारागारमा रहेका कैदीबन्दीहरूले विपद्को समयमा मानवीय सहयोगस्वरूप रकम संकलन गरी बाढीपीडितलाई सहयोग गरेको स्रोतको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्