काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १०० रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्