Skip to content

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कम्प्युटरलगायतका सामग्रीमा क्षति

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी तथा तीनवटा कम्प्युटरमा क्षति पुगेको छ ।

स्रोतका अनुसार रातिको समयमा विद्युत् सर्ट भएर आगलागी भएको हो । कार्यालयको ढोका बन्द रहेको अवस्थामा आगलागी भएकाले घटनाबारे कार्यालय खुलेपछि मात्रै जानकारी भएको बताइएको छ ।

आगलागीबाट मुद्दा फाँटमा रहेका केही भौतिक सामग्री तथा विद्युतीय उपकरणमा क्षति पुगे पनि महत्वपूर्ण मिसिल तथा फाइलहरू भने सुरक्षित रहेको स्रोतले जनाएको छ ।

यसअघि २०८३ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि अदालतले एनेक्स भवन तथा निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ ।

हाल सर्वोच्च अदालतको इजलास तथा प्रशासनिक काम निर्माणाधीन नयाँ भवनको एक भागबाट सञ्चालन भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T