Skip to content

सेयर बजार सुधार्ने अर्थमन्त्रीको योजना लगानीकर्ताले पत्याएनन्, नेप्से २१.१९ अंकले घट्यो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाले सेयर बजारमा ल्याएको सकारात्मक प्रभाव एक दिनमै सीमित भएको छ । मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार पुनः ओरालो लागेको हो ।

अर्थ मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेसँगै लगानीकर्तामा उत्साह देखिँदा मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको थियो । तर, बुधबार बजार २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा झरेको छ।

आज सेयर बजार सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब २९ करोड रुपैयाँका सेयर कारोबार भएको बजारमा बुधबार ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँमात्रको कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा १.०४ प्रतिशत घटेको छ । यसैगरी, आज जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी उच्च स्थानमा रहेको छ । आज सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T