Skip to content

जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

काठमाडौं । हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ ।

उनीहरूलाई ‘वाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरिएको थियो । जहाँ जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे ।

जेसीबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशूली ३ए साइटमा लगातार धेरै दिन काम गरेका थिए । जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको थियो ।

आफ्नो मन्तव्यमा जेसीबी इन्डियाका सीईओले यसलाई ‘नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा भनी उल्लेख गरे । यति ठूलो साहसिक कार्य गरे पनि दुवै जना’ अत्यन्तै सरल र विनम्र रहेको बताए ।

जेसीबी वाउ सर्भिस गाडीहरूमार्फत एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत र पुनर्निर्माण कार्यमा खटिएका जेसीबी मेसिनहरूलाई समेट्ने गरी जेसीबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले जोखिमपूर्ण परिस्थितिमा उद्धार र पुनर्निर्माणमा खटिएका मेसिनका अपरेटरहरूलाई सुरक्षा किट समेत वितरण गरेको छ ।

नेपाल निरन्तर पुनःस्थापना तथा पुनर्निर्माणको दिशामा अघि बढिरहेको अवस्थामा एमएडब्लू अर्थमुभर्स आफ्ना ग्राहक र अपरेटरहरूलाई सहयोग पुऱ्याउन पूर्ण रूपमा प्रतिबद्ध छ ।

एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो । २३ वर्षभन्दा बढी समयदेखि बजारमा सेवा प्रदान गर्दै आएको यस कम्पनीका ३० भन्दा बढी शाखाहरू र २०० भन्दा बढी सर्भिस इन्जिनियरहरूले देशभरका १२,००० भन्दा धेरै ग्राहकलाई सेवा दिइरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima