Skip to content

सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’, १० लाखदेखि बीमाङ्क चयन गर्न सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ । नागरिकलाई न्यून लागतमा ठूलो आर्थिक सुरक्षा उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

असोज १ गते आयोजित वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजकुमार अर्यालले उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले यो बीमा योजना खरिद गर्न सक्नेछन् । विशेषगरी युवा उमेरमा रहेका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राखेर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।

१० लाखदेखि आफूअनुकूल बीमाङ्क

‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिनेछ ।

बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबीका रूपमा भुक्तानी गरिनेछ । यसका अतिरिक्त ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च तथा १ लाख रुपैयाँसम्म ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।

शाखादेखि डिजिटल माध्यमसम्म खरिद सुविधा

कम्पनीका अनुसार यो बीमा योजना सन नेपाल लाइफका सम्पूर्ण शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ। साथै, डिजिटल माध्यमबाट पनि योजना खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले डिजिटल प्रविधिमार्फत बीमा सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले आफ्नो डिजिटल प्लेटफर्मबाट समेत योजना खरिद गर्न सकिने जनाएको छ ।

१३६ शाखा तथा उपशाखामार्फत सेवा

२०७४ साल असोज ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५।२८ अर्ब रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima