Skip to content

साउनसम्म वाणिज्य बैंकको सेयर धितोमा लगानी १ खर्ब ४३ अर्ब, कुन बैंकको कति ? 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनासम्म आउँदा वाणिज्य बैंकले सेयर धितोमा गर्ने लगानी १ खर्ब ४३ अर्ब २ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले उक्त रकम बराबरको मार्जिन प्रकृतिको कर्जा लगानी गरेका हुन् ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै सेयर धितोकर्जामा लगानी गर्ने बैंक नबिल बैंक रहेको छ । यस बैंकले साउन महिनासम्म आउँदा १७ अर्ब ८६ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर धितोकर्जा लगानी गरेको छ ।
यसैगरी, यस्तो कर्जा लगानी सबैभन्दा धेरै गर्ने दोस्रो नम्बरको बैंक ग्लोबल आईएमई बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको साउन महिनासम्म आउँदा १५ अर्ब १९ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
यस्तै कुमारी बैंकले १० अर्ब ५५ करोड ११ लाख ८० हजार रुपैयाँ, सिद्धार्थले ९ अर्ब ८४ करोड १४ लाख रुपैयाँ र प्राइम बैंकले ९ अर्ब ८३ करोड ७८ लाख ९० हजार रुपैयाँ सेयर धितोकर्जामा लगानी गरेका छन्।
लक्ष्मी सनराईज बैंकले ९ अर्ब ३१ करोड ५६ लाख ८० हजार रुपैयाँ र कृषि विकास बैंकले ९ अर्ब १२ करोड ६७ लाख ४० हजार रुपैयाँ यस्तो कर्जा लगानी गरेका छन् । सेयर धितोमा लगानी शून्य भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima