काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “एक्सपेरियन्स लाइफ विथ सिजी” अन्तर्गत बडादशैं तथा तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं–तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक नगद फिर्ताको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो ।
यस योजनाको प्रमुख आकर्षण अधिकतम १ लाख २ हजार रुपैयाँसम्मको आकर्षक नगद फिर्ता रहेको छ । ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, फ्रिज, कपडा धुने मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायतका घरायसी उपकरण खरिद गर्दा यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाले चाडपर्वको किनमेललाई थप उत्साहजनक बनाउनुका साथै ग्राहकलाई उल्लेखनीय बचतको अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
विशाल नगद फिर्ताका साथै खरिदमा निम्नलिखित पक्का दशैं उपहारको समेत व्यवस्था गरिएको छः
अगाडिबाट चल्ने कपडा धुने मेसिनः ६ केजी सर्फ एक्सेल डिटर्जेन्ट
माथिबाट चल्ने कपडा धुने मेसिनः ४ केजी सर्फ एक्सेल डिटर्जेन्ट
अर्धस्वचालित कपडा धुने मेसिनः २ केजी सर्फ एक्सेल डिटर्जेन्ट
माइक्रोवेभ ओभनः खाना पकाउने सामग्रीको सेट
एयर कन्डिसनरः निःशुल्क जडान सुविधा
ग्राहकको सहजताका लागि “नागरिकता भए पुग्छ १” भन्ने नारासहित शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ता सुविधाको व्यवस्था गरिएको छ। साथै, सिजी इलेक्समार्फत पुरानो सामान साटेर नयाँ सामान लिन सकिने सट्टापट्टा सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सिजीको “एक्सपेरियन्स लाइफ विथ सिजी” वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने तथा दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ। यसैअन्तर्गतको प्रिमियम हस्ताक्षर शृंखला सिजी मेरिडियाले अत्याधुनिक प्रविधि र विलासिताको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आएको कम्पनीको भनाइ छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।
ग्राहकको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘सिजी केयर एप’ सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले भरपर्दो तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख बिक्री केन्द्रहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सकिनेछ। साथै, थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘सिजी केयर एप’ डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्