Skip to content

सहकारीको संचालक, पदाधिकारी तथा प्रमुख कार्यकारी हुन् नयाँ व्यवस्था: अध्यक्ष, सचिव र कोषाध्यक्ष हुन १० कक्षा पास गरे पुग्ने, पुँजी अनुसार फरक फरक मापदण्ड

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाका संचालक, पदाधिकारी तथा प्रमुख कार्यकारीको योग्यता तथा अनुभव सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

प्राधिकरणले सहकारीको संचालक, पदाधिकारी तथा प्रमुख कार्यकारी हुनका लागी शैक्षिक मापदण्ड तोकेको छ ।

प्राधिकरणका अनुसार संस्थाका संचालक, पदाधिकरी तथा प्रमुख कार्यकारी पदमा रहने व्यक्तिहरुको योग्यता, अनुभव सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नु गराउनु पर्नेछ ।

सहकारी संस्थाले एकिन गरी त्यसको प्रमाणित हुने कागजातहरु तयार गरी संस्थामा अभिलेख राख्नु पर्ने व्यवस्था गरिएको छ ।

यसका लागि २१ वर्ष उमेर पूरा भएको, ५ करोड रुपैयाँसम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा १० कक्षा उत्तीर्ण भए पुग्ने छ ।

सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा एक वर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने छ ।

यस्तै ५ करोड रुपैयाँ भन्दा बढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि कम्तिमा १२ कक्षा उतीर्ण गरी सहकारी संस्थाको कुनै समितिमा रही कम्तिमा दुई वर्ष कार्यानुभव हासिल गरेको हुनुपर्ने छ ।

२५ करोड रुपैयाँसम्म कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम दश जोड दुई उत्तीर्ण गरेको हुनुपर्ने छ ।

२५ करोड भन्दा बढी कूल सम्पत्ति वा दायित्व भएको संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पदको लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा वित्त विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको र बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कम्तिमा दुई बर्ष कार्य गरेको रहेको छ ।

फौजदारी अभियोगमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीन बर्ष पूरा भएको, बैंकिङ्ग तथा वित्तीय कसूरमा सजाय नपाएको, पाएको भए कसूर बमोजिमको सजाय भुक्तान भएको न्यूनतम तीन बर्ष पूरा भएको, कालो सूचिमा नपरेको, परेको भएमा कालो सूचिबाट हटेको तीन वर्ष पूरा गरेको हुनुपर्ने छ ।

यस्तै संस्थाको रकम हिनामिना नगरेको, निष्क्रिय अवस्थामा नरहेको वा समस्याग्रस्त घोषणा हुँदा त्यस्तो संस्थाको संचालक नरहेको स्वघोषणा खण्ड (च) र (छ) बमोजिमको व्यहोरा प्रहरी प्रतिवेदनबाट र खण्ड (ज) बमोजिमको व्यहोरा कर्जा सूचना केन्द्रबाट प्रमाणित भएको कागजातहरु प्राधिकरणको विद्युतीय प्रणालीमा समेत अपलोड गर्नुपर्नेछ ।

संस्थाको इजाजतपत्र जारी वा ऐनको दफा १६ को उपदफा (८) प्रारम्भ भएपश्चात् पहिलोपटक नवीकरणको लागि प्राधिकरणको विद्युतीय प्रणालीमा विवरण प्रविष्टि गर्दा संस्थाले उपदफा (२) बमोजिम योग्यता तथा अनुभव एकिन गरिएको प्रमाणित हुने कागजातहरु संस्थामा अभिलेख राख्नुपर्नेछ र संस्थाले उपदफा (२) बमोजिम योग्यता तथा अनुभवको स्वघोषणा व्यवस्थापकबाट प्रमाणित गरी प्राधिकरणको प्रणालीमा अपलोड भए पछि ऐनको दफा १६ को उपदफा (८) बमोजिम योग्यता र अनुभव (फिट एण्ड प्रोपर टेस्ट) सम्बन्धी मापदण्ड पूरा भएको मानिने हुँदा संस्थाको व्यवस्थापकले स्वघोषणा प्रमाणित गर्दा उपदफा २ बमोजिमका सम्पूर्ण विवरणहरु पछिसम्म फरक नपर्ने गरी एकिन गरी प्रमाणित गर्नु पर्ने छ ।

एकपटक फिट एण्ड प्रोपर टेस्टका लागि कागजात अपलोड गरेका सञ्चालकको हकमा संस्थाले नवीकरण गर्दा पुनः कागजात अपलोड गर्नुपर्ने छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima